FLASH NEWS

आर्मी बागमती गोल्डकपको सेमिफाइनलमा


नेपाल आवाज ६ फाल्गुन २०८०, आईतवार १९:०६ मा प्रकाशित १०५७ पाठक संख्या

हेटौंडा – त्रिभुवन आर्मी फुटबल क्लब छैटौं बागमती गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । आइतबार अन्तिम क्वाटरफाइनलमा आयोजक बागमती खेलकुद विकास समितिलाई ४–० ले हराउँदै आर्मी अन्तिम चारमा पुगेको हो ।


बागमती–८ स्थित जनता माविको खेल मैदानमा आर्मीलाई जित दिलाउन जिलेस्पी जंग कार्की, रास बुढा मगर, फत्तेमान घलेले र कमल थापाले गोल गरेका थिए ।

२६ औं मिनेटमा जिलेस्पीको गोलबाट आर्मीले अग्रता बनाएको थियो । रासले ५३ औं मिनेटमा गोल गरे । फत्तेमानले ६३ औं र कमलले ७५ औं मिनेटमा गोल गरेपछि आर्मीको सहज जित भएको थियो ।

म्यान अफ दी म्याच चुनिएका फत्तेमानले १० हजार रुपैयाँ प्राप्त गरे ।

आर्मीले सेमिफाइनलमा अर्को विभागिय टोली नेपाल एपिएफ फुटबल क्लबको सामना गर्नेछ ।

प्रतियोगितामा सोमबार हुने पहिलो सेमिफाइनलमा मछिन्द्र फुटबल क्लब र एनआरटीबीच प्रतिस्पर्धा हुनेछ ।

प्रतियोगिताको विजेताले १० लाख र दोस्रो हुने टोलीले ५ लाख रुपैयाँ प्राप्त गर्नेछ ।