FLASH NEWS

सबैलाई न्याय हुने गरि संक्रमणकालीन न्यायसम्बन्धी विधेयक सदनमा छिटै पारित हुन्छः प्रधानमन्त्री


नेपाल आवाज ११ फाल्गुन २०८०, शुक्रबार १८:४२ मा प्रकाशित ६१३ पाठक संख्या

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सबैलाई न्याय हुने गरि संक्रमणकालीन न्यायसम्बन्धी विधेयक सदनमा छिटै पारित हुने बताएका छन्।


२३ औं मजदुर बलिदान दिवसका अवसरमा शुक्रबार माओवादी पार्टी कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले उपसमिति र समिति हुँदै संक्रमणकालीन न्यायसम्बन्धी विधेयक संसदमा पेश गर्ने तयारी भइरहेको र पिडितलाई न्यायहुने गरि कानूनको टुंगाे लाग्ने बताएका हुन्। जनयुद्धका सहिदहरुलाई राज्यबाट दिइने सेवा सुविधा लगायतका सबै विषय विधेयकमा समेटिएको भन्दै प्रचण्डले सबैको न्यायोचित सम्मान हुने धारणा राखे।

संक्रमणकालीन न्यायसम्बन्धी विधेयक पारित भएपछि सबैले गरेको बलिदानको उच्च मूल्यांकन हुने उनले बताए। प्रधानमन्त्री प्रचण्डले संक्रमणकालीन न्यायसम्बन्धी कुरा टुंगिएपछि जनयुद्ध दिवसको बिदा हुने विश्वास व्यक्त गरे। उनले मजदुरहरु आन्दोलित नभएको भए मुलुकको परिवर्तन असम्भव रहेकाले मजदुर बलिदानी दिवसको निकै महत्व रहेको बताए।