FLASH NEWS

प्रसूति गृह थापाथलीबाट नवजात शिशु चोरी


नेपाल आवाज ११ फाल्गुन २०८०, शुक्रबार १९:०७ मा प्रकाशित ७२७ पाठक संख्या

काठमाडौँ  – काठमाडौंको थापाथलीस्थित परोपकार स्त्रीरोग तथा प्रसूति अस्पतालबाट २६ दिनको शिशु चोरी भएको छ । काभ्रेको चौरीदेउराली गाउँपालिका-३ स्थायी घर भई हाल कपन बस्ने सविता श्रेष्ठको २६ दिनको बच्चा अस्पतालबाटै चोरी भएको जिल्ला प्रहरी परिसरका प्रवक्ता एसपी नवराज अधिकारीले जानकारी दिए ।


प्रहरीका अनुसार आमा सविनाले हातमा भएको फोहोर फ्याँक्ने बेला बच्चा बोकेर सहयोग गर्ने भन्दै छेउमा आइपुगेकी एक अपरिचित महिलालाई बच्चा बोक्न दिएकी थिइन् ।

डस्टबिनमा फोहोर फ्याँकेर फर्किँदा ती महिला बच्चा लिएर फरार भएको सविनाको जाहेरी छ । बच्चा लिएर फरार भएकी ती महिलाको खोजी भइरहेको एसपी अधिकारीले जानकारी दिए ।

अस्पताल स्रोतका अनुसार शिशु बिरामी भएपछि सविना अस्पताल आएकी थिइन् ।