FLASH NEWS

सहकारीका नाममा जनता लुट्नेलाई कारबाही गर्छौं : गृहमन्त्री श्रेष्ठ


नेपाल आवाज १२ फाल्गुन २०८०, शनिबार १९:५३ मा प्रकाशित ८५९ पाठक संख्या

सप्तरी – उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सहकारीका नाममा जनता लुट्नेलाई कारबाही गर्ने बताएका छन् ।


सप्तरीको खड्ग नगरपालिकामा प्रस्तावित खड्ग बहुमुखी क्याम्पसको भवन उद्घाटन कार्यक्रममा बोल्दै गृहमन्त्री श्रेष्ठले यस्तो बताएका हुन् ।

गृहमन्त्री श्रेष्ठले मिटरब्याजी समस्या सामन्तवादको निकृष्ट शोषणको रुप भएको बताए।

मिटरब्याज पीडितका लागि गर्नसक्ने सबै काम सरकारले गरिरहेको भन्दै श्रेष्ठले यस विषयमा कसैले भ्रमात्मक प्रचार गर्न नहुने पनि बताए ।

गृहमन्त्री श्रेष्ठले भने, ‘मिटरब्याज पीडतको लागि गर्नसक्ने सबै काम सरकारले गरिरहेको छ । कुनै भ्रम कसैले पाल्नुपर्दैन, कसैले भ्रमात्मक प्रचार पनि गर्नुहुँदैन ।’

त्यस्तै, सहकारीबाट बचतकर्ताहरू पीडित भएको बताउँदै गृहमन्त्री श्रेष्ठले सबै सहकारी भत्कियो वा बिग्रियो भन्ने भाष्य रहेको बताए ।

अहिले सहकारीको नियमनको लागि एउटा नियामक निकायको गठन गर्ने निर्णय भएको गृहमन्त्री श्रेष्ठले बताए ।