FLASH NEWS

नेपाल प्रहरी श्रीमती संघको आयोजनामा शैक्षिक सामाग्री वितरण


नेपाल आवाज १४ फाल्गुन २०८०, सोमबार २२:५२ मा प्रकाशित १३०९ पाठक संख्या

नवलपरासी – नेपाल प्रहरी श्रीमती संघद्वारा जिल्ला नवलपरासी (ब .सु.पश्चिम) बर्दघाट नगरपालिका वडा नं .७ स्थित श्री राष्ट्रिय माध्यमिक विद्यालय मकर वेतहानीका विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण कार्यक्रम सम्पन्न भएको छ ।


विद्यालयको ६४औँ वार्षिकोत्सव तथा अभिभावक दिवस समारोहको आवसरमा श्रीमती संघद्वारा उक्त विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गरिएको हो ।

नेपाल प्रहरी श्रीमती संघकी अध्यक्ष लक्ष्मी कुँवरको प्रमुख अतिथी रहेको उक्त कार्यक्रममा बर्दघाट नगरपालिका प्रमुख शम्भु लाल श्रेष्ठको विषेश अतिथी, बर्दाघाट नगरपालिका उप-प्रमुख रुद्र प्रकाश उपाध्याय , संघकी महासचिव अनुश्री पाख्रीन, लु्म्बिनी प्रदेश संघकी अध्यक्ष निलम कडायत, विद्यालय समितिका अध्यक्ष भिखु थारु, प्रमुख प्रशासकिय अधिकृत प्रकाश खनाल, शिक्षा शाखा प्रमुख लोकराज पन्थी, प्रधानाध्यापक शेस्कान्त पौडेल, स्टार अस्पताल प्रा.लि. ललितपुरका डा.सन्देश जि.सी, नेपाल प्रहरी श्रीमती संघ लुम्बिनी प्रदेशका अन्य पदाधिकारीहरु लगायत प्रहरी अधिकृत तथा जवानहरुको उपस्थिती रहेको थियो ।