FLASH NEWS

लेबनानलाई हराउँदै नेपाल वाफ वुमन्स च्याम्पियनसिपको फाइनलमा


नेपाल आवाज १६ फाल्गुन २०८०, बुधबार ०८:३४ मा प्रकाशित ८२९ पाठक संख्या

काठमाडौं – नेपाल वाफ महिला च्याम्पियनसिपको फाइनलमा पुगेको छ ।


गएराति लेबनानलाई २–१ गोल अन्तरले हराउँदै नेपाल फाइनल प्रवेश गरेको हो । साउदी अरेबियामा जारी प्रतियोगितामा हिजो पहिलो हाफमा १–० ले पछि परेको अवस्था उल्ट्याउँदै नेपालले इन्ज्युरी समयमा प्रिती राईको गोलमा २–१ को पुनरागमन जित दर्ता गरेको हो ।

खेल १–१ को बराबरीमा रहेको अवस्थामा नेपालले इन्ज्युरी समयमा कर्नर किक पाएको थियो । त्यसअघि खेलको ७६ औँ मिनेटमा सावित्रा भण्डारीले साम्बाले गोल गरेकी हुन् ।

पहिलो हाफको ३८औँ मिनेटमै लेबनानको गोल भएको थियो । नेपालले अब भोलि उपाधिका लागि जोर्डनसँग खेल्नेछ ।