FLASH NEWS

पूर्वयुवराज पारसको पेस्तोलकाण्ड : हल्ला कि वास्तविक ?


नेपाल आवाज १६ फाल्गुन २०८०, बुधबार १५:५५ मा प्रकाशित ११७६१ पाठक संख्या

काठमाडौं – चितवनमा राजपरिवारका सदस्य पूर्वयुवराज पारस शाहको नाम जोडेर सामाजिक संजाल यतिखेर विवादित बनिरहेको छ ।


पूर्व-युवराज पारस शाहले चितवनमा विद्यार्थीलाई घर छाड्न गइरहेको बसमाथि पेस्तोल देखाएको हल्ला फिजाउने व्यक्ति माओवादी पार्टि निकट व्यक्ति हुन्। अहिले उनको तस्बिर सामाजिक संजालमा भरतपुरका मेयर रेणु दाहालसंग जोडेर प्रचार भईरहेको छ।

सामाजिक संजालमा उनले हल्ला गरेपनि सो हल्ला गलत भएको पुष्टि भएको छ । चितवनको सनराइज स्कुलका विद्यार्थीलाई घर छाड्न गइरहेको गाडीमा पारसले पेस्तोल देखाएर गालीगलौज गरेको हल्ला रणनैतिक रुपमा फैलाईएको भनेर राजसंस्था समर्थकहरुले सामाजिक संजालमा भनिरहेका छन् भने चितवनको सनराइज स्कुलका प्रधानाध्यापक शिवकुमार बगालेले समेत घटनामा संलग्न व्यक्ति पारस शाह नै हुन् भन्ने हल्ला मात्रै भएको बताईसकेका छन्।

यो संगै चितवन प्रहरी रिपोर्ट अनुसार पनि प्रहरीलाई त्यस्तो कुनैपनि जानकारी नभएको र समाचार अपुष्ट भएको जानकारी प्रहरी प्रशाशनले दिईसकेको छ। जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रवक्ता डिएसपी श्रीराम भण्डारीले भने, ‘मैले पनि सामाजिक सञ्जालतिर देखेर थाहा पाएको हुँ, हामीलाई यसबारे कसैले जानकारी गराएको पनि छैन, निवेदन पनि परेको छैन ।’

चितवनको सनराइज स्कुलका प्रधानाध्यापक शिवकुमार बगाले भन्छन् ‘विद्यार्थी बोकेर बस जाँदै गर्दा पछाडिबाट एउटा प्राइभेट कार तीव्र गतिमा गइरहेको रहेछ । कार टाढा नै भएकोले विद्यार्थी झार्न लाग्दा ती सन्की व्यक्तिले एकदमै चर्को स्वरमा हर्न बजाएछन् । त्यसपछि गाडीबाट ओर्लिएर कोटको खल्तीबाट पेस्तोल जस्तो बस्तु निकालेर थर्काएर तुरुन्तै तीब्र गतिमा अघि बढेछन् तर उनी पारस शाह नहुन सक्छन् अहिले पारसको नाम जोडेर अपुष्ट हल्ला फैलियो ।’