FLASH NEWS

धादिङ घाटबेसी बस दुर्घटना अपडेटः मृतक सातै जनाको सनाखत,अझै तीन यात्रु वेपत्ता


नेपाल आवाज २३ फाल्गुन २०८०, बुधबार २३:३४ मा प्रकाशित १८०१ पाठक संख्या

काठमाडौं-  धादिङको गजुरी गाउँपालिका– ५ घाटबेसीमा बुधबार विहान कपिलवस्तुबाट काठमाडौं आउदै गरेको लु २ ख २१२१ नम्बरको बस दर्घटनामा ज्यान गुमाएका सातै जनाको पहिचान खुलेको छ ।


मृत्यु हुनेमा रुपन्देहीको बुटवल उपमहानगरपालिका– २ का रुवी श्रेष्ठ र काठमाडौंको चन्द्रागिरी नगरपालिका– १० का ५५ वर्षिय बेखा पुटुवर, कपिलवस्तुका महेन्द्र चौधरी, रुपन्देहीका जोगिन्दर यादव, राम किशोर जैसवाल, नासिर अलि र सराजुद्दीन मुसलमान रहेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरीक्षक सन्तुलाल प्रसाद जैसवारले जानकारी दिए ।

डिएसपी जैसवारका अनुसार बसमा चालक र सहचालक गरि ५१ जना रहेका थिए । दुर्घटनामा परि घाइते बनेका र सकुशल रहेका ३९ जनाको नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना तथा स्थानीयले उद्धार गरेका थिए । आफन्तहरुले दिएको जानकारी अनुसार नर्मदा सुवेदी, विराज गैरे र प्रकाश पाठक हराइरहेका छन् । उनीहरुको अहिले नेपाल प्रहरीका साथै विपद व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट इन्सपेक्टरको कमाण्डमा खाटिएको गोताखोरसहित २० जनाको टोलीले खोजी कार्य गरिरहेको छ ।

बस चालक रुपन्देही लुम्बिनी संस्कृति नगरपालिका–९ का ३८ वर्षिय हरिराम हरिजनलाई नियन्त्रणमा लिएको डिएसपी जैसवारले बताए ।