FLASH NEWS

नेपालका बच्चाहरुमा भ्याक्सिन परिक्षण हुँदै ! सतर्क रहन यो पढ्नुहोस


नेपाल आवाज ३० फाल्गुन २०८०, बुधबार २०:०५ मा प्रकाशित ३४१११ पाठक संख्या

तपाइँहरुले हाल नेपालमा दादुरा-रुबेला भ्याक्सिनको खुबै विज्ञापन सुन्नुभयो होला। यो लेख यहाँहरुलाई झस्काउने लेख हो। विश्वमा प्रतिवन्धित र कहिँ नहुने खेल नेपालमा हुँदा पनि सरोकारवालाहरु मौन छन्। विज्ञहरु मौन छन् र सरकारले समेत निरन्तर त्यसको प्रचार गरिरहेको छ। यो लेख अत्यन्त महत्वपूर्ण रहेको हुँदा तपाइँले यो लेख साझा गर्दा धेरै बालबालिकाहरु भ्याक्सिनको नचाहिँदो असरबाट जोगिन सक्छन्। यो लेख भ्याक्सिन विरुद्धको लेख हैन बरु सचेतनायुक्त लेख हो। 


लेखक : सन्जिव  न्यौपाने

आजभोलि रेडियो , टिभि र टेलिकमको रिङ्गब्याक टोनमा पनि तपाइँ सुनिरहनुभएको हुन्छ। त्यो सुन्ने एउटै भाषा छ र त्यहाँ भनिने गर्छ , ” आफ्ना बच्चालाई दादुरा – रुबेलाको प्रकोपबाट जोगाउन तुरुन्तै नजिकको स्वास्थ्यसंस्था वा संवन्धित ठाउँमा गई तुरुन्त दादुरा-रुबेला भ्याक्सिन लगाउनुहोस।  ”

के तपाइँलाई थाहा छ ? दादुरा-रुबेलाको भ्याक्सिन बच्चालाई ९ महिना र १५ महिनामा लगाउने गरिन्छ। तर हाल नेपालमा बिद्यालयमा नै कार्यक्रम राखी दुई खोपको मात्रा पुरा गरिसकेकालाई तेस्रो र चौथो खोप लगाईरहिएको छ जुन मापदण्ड विपरित हो र त्यो खोपको कुनै सकारात्मक असर हुन्छ भनेर आजसम्म प्रमाणित भएको छैन बरु नकारात्मक असर चाहिँ हामीले सप्रमाण फेला पारेका छौं ।

तपाइँ युनिसेफकै वेबसाइटमा रहेको यो लिंकमा गएर हेर्न सक्नुहुन्छ दादुरा र रुबेलाको खोप ९ र १५ महिनामा लगाईन्छ  तर त्यो भन्दा माथिको उमेरमा लगाउने कुरा यहाँ उल्लेख गरिएको छैन र नेपाल सरकारले कार्यक्रम नै राखी जुनसुकै उमेरका बालबालिकालाई र पहिले खोप लगाईसकेकालाई पनि खोप लगाईदिनु जबर्जस्तिकरण हो र यसले स्वास्थ्यमा नकारात्मक असर गरिरहेको हुन्छ जुन कुराको प्रमाण हामि तल दिनेछौं।

नेपालमा लगाईने यो खोपलाई एमएमआर भ्याक्सिन भनिन्छ जुन भ्याक्सिन जापानमा सन् १९८९ मा अनिवार्य गरिएपनि सन् १९९३ मा यो भ्याक्सिनलाई पूर्ण रुपमा देशैभर निषेध गरिएको थियो र आजसम्म पनि निषेध छ। निषेध गर्नुको कारण यो भ्याक्सिन लगाउनेहरुमा गम्भीर प्रकारको मेनेञ्जाईटिस देखिएको र बच्चाको शरीरले यो भ्याक्सिनलाई थेग्न नसकेको यथेस्ट प्रमाणहरु देखिनु रहेको थियो।

नेपालीलाई वीर गोर्खाली त्यसै भनिएको हैन। यस्तो प्रवृतिको भ्याक्सिन डोजभन्दा पनि धेरै लगाउँदा पनि नेपाली बालबालिकाहरुमा असर नदेखिनु पशुपतिनाथको कृपा मात्र हो अथवा कतिमा देखिएपनि के कारण देखियो ? भन्ने अनुसन्धानको कमि पनि हो।

हाल अन्दाधुन्द रुपमा प्रत्येक गाउँ , टोल , नगरमा बिद्यालय आफैंले कार्यक्रम राखी-राखी यसरि नेपाली बच्चाहरुमा परिक्षण गरि बच्चाहरुलाई परिक्षणको माध्यम बनाईनु पक्कैपनि गम्भीर विषय हो जसलाई अध्ययन अनुसन्धान गरि रोक्नुपर्नेमा सरकार आफैं यसको प्रचारमा र कार्यानवयनमा लागिरहेको छ।

मेरो आशय भ्याक्सिन नै नलगाउनु भन्नेतर्फ हैन तर २ डोज लगाईसकिएको बच्चाहरुलाई किन फेरी अनिवार्य रुपमा भ्याक्सिन लगाउन  बाध्य बनाइदै छ ? किन स्कुल-स्कुलमा कार्यक्रम राखेर यस्ता कामहरु हुँदैगर्दा कुन बच्चाले डोज पुरा गरेको वा नगरेको बारे अनुसन्धान भएको छैन ? डरलाग्दो साइड इफेक्टहरु देखिएर जापानमा निषेध गरिएको भ्याक्सिन नेपालमा दोहोर्याई दोहोर्याई लगाईनुको कारण के हो ? यो बारे किन सरोकारवाला , अभिभावक , स्कुल प्रशाशन र नेपालको स्वास्थ्य क्षेत्र मौन हो ? भन्नेतर्फ हो।

नेपाली बालबालिका कुनै वस्तु हैनन्। हरेकको जीवनको मूल्य हुन्छ। हेक्का रहोस। नेपालका बालबालिकालाई परिक्षणको वस्तु नबनाईयोस।

 

यो लेख अत्यन्त महत्वपूर्ण रहेको हुँदा तपाइँले यो लेख साझा गर्दा धेरै बालबालिकाहरु भ्याक्सिनको नचाहिँदो असरबाट जोगिन सक्छन्।