FLASH NEWS

संघीय निजामती सेवा विधेयक संसदमा पेस


नेपाल आवाज १ चैत्र २०८०, बिहीबार १६:४७ मा प्रकाशित २६५ पाठक संख्या

काठमाडौं, १ चैत । प्रतिनिधिसभामा निजामती सेवा विधेयक, २०८० पेस भएको छ । बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भानुभक्त जोशीले उक्त विधेयक पेस गरेका हुन् ।


गत २१ फागुनमा संघीय संसद् सचिवालयमा संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको उक्त विधेयक दर्ता भएको थियो ।