FLASH NEWS

बलात्कार आराेपमा एकजना पक्राउ


नेपाल आवाज १ चैत्र २०८०, बिहीबार १७:१२ मा प्रकाशित ४९९ पाठक संख्या

बर्दिया । ११ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बाँसगढी नगरपालिका-२ मनमडुवा बस्ने २१ वर्षीय अस्मिन थारूलाई प्रहरीले पक्राउ गरेको छ ।


थारूले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय मोतिपुरबाट खटिएको प्रहरीले जिल्ला प्रहरी कार्यालय कैलालीको सहकार्यमा उनलाई कैलालीबाट पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएकाे छ ।