FLASH NEWS

एमाले अध्यक्ष ओली १२ वर्षे महाकुम्भ मेलामा (तस्वीरहरु)


नेपाल आवाज १५ बैशाख २०८१, शनिबार २०:०८ मा प्रकाशित ५५९ पाठक संख्या

सुनसरी –  नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली आज सुनसरीको वराहक्षेत्र नगरपालिका-१ स्थित चतराधाममा पुग्नुभएको छ ।


अध्यक्ष ओली चतराधामको एकमहिने १२ वर्षे पिण्डेश्वर पूर्ण महाकुम्भ मेलामा पुग्नुभएको हो । उहाँलाई मेला आयोजक समिति तथा स्थानीयहरुले फूलमालाले भव्य स्वागत गरेका छन् ।

शनिबार मेला कार्यक्रमलाई अध्यक्ष ओलीले सम्बोधन गर्नुभएको थियो । मेलामा अध्यक्ष ओलीसँगै एमाले स्थायी कमिटी सदस्य शेरधन राई, हिक्मत कार्की, कोशी प्रदेश अध्यक्ष घनश्याम खतिवडालगायत एमाले केन्द्रीय सदस्य, प्रदेशका नेताहरु सहभागि हुनुभएको थियो ।

चतराधाममा प्रत्येक ६ वर्षमा अर्धकुम्भ मेला र १२ वर्षमा पूर्ण महाकुम्भ मेला लाग्ने गरेको छ । कुम्भ मेलामा आएर स्नान गर्दा जीवनमा वरदान प्राप्ति हुने विश्वास रहेको छ। गत चैत २७ गते सुरु भएको कुम्भ मेला यही वैशाख २८ गतेसम्म लाग्नेछ ।