FLASH NEWS

संसद्को यो अधिवेशन कानुन बनाउने र जनताका मुद्धामा केन्द्रित हुने विश्वास छ- सभामुख


नेपाल आवाज २८ बैशाख २०८१, शुक्रबार १६:२४ मा प्रकाशित ३९७ पाठक संख्या

काठमाडौँ । प्रतिनिधिसभाको बैठक शुरु भएको छ । प्रतिनिधिसभाको बैठक शुरु हुना साथ सभामुख देवराज घिमिरेले यो अधिवेशनले नीति नियम बनाउन र जनताका सरोकारका विषयमा काम गर्न सफल हुने विश्वास व्यक्त गरेका छन् ।


सभामुख घिमिरिले राजनीतिक दाउपेचलाई मात्र नभई मुलुकको समृद्धि र नागरिकका मुद्धाहरुलाई केन्द्रमा राखेर कम गर्नुपर्ने बताउदै संसदमा उठेका विषयलाई प्रभावकारी कार्यान्वयन गर्ने जिम्मेवारी सरकारको भएको सभामुखले बताएका छन् ।

उनले यो अधिवेशन कानुन निर्माण देखि जनतका मुद्धामा केन्द्रित हुने विश्वास व्यक्त गरेका छन् ।