FLASH NEWS

रवि लामिछानेलाई बोल्न नदिने कांग्रेसको अडान, संसद बैठक शुरु हुन सकेन


नेपाल आवाज २८ बैशाख २०८१, शुक्रबार १५:३७ मा प्रकाशित ४७५ पाठक संख्या

काठमाडौँ । प्रतिनिधिसभाको बैठक समयमा शुरु हुन ढिलाई भएको छ । आज दिउँसो दुई बजे बस्ने तालिका रहेकोमा दलहरुबीच सहमति नभएपछि बैठक अझै सुरु हुन सकेको छैन ।


कार्यव्यवस्था परामर्श समितिको बैठक बस्न नसक्दा बैठक बस्न ढिला भएको बताइएको छ । सभामुखको सचिवालयका अनुसार नेपाली कांग्रेसले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई आजको बैठकमा बोल्न नदिने अडान राखेपछि बैठक समयमा शुरु हुन सकेको छैन ।

अहिलेसम्म कार्यव्यवस्था परामर्श समितिको बैठक समेत बस्न सकेको छैन । अहिले दलहरुले आफ्नो दलमा छलफल गरिरहेको र त्यसपछि कार्यव्यवस्था समितिको बैठक बस्ने सभामुखको सचिवालयले जनाएको छ ।

यस अघि सभामुख देवराज घिमिरेले विभिन्न दलका प्रमुख सचेतक र सचेतकहरुसँग दुई पटक छलफल गरेपनि सहमति जुट्न सकेको छैन ।