FLASH NEWS

माग पूरा नभए सरकारबाट बाहिरिन्छौँ : राजेन्द्र पाण्डे


नेपाल आवाज १ चैत्र २०८०, बिहीबार १९:१८ मा प्रकाशित १६९९ पाठक संख्या

काठमाडौं – नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डेले प्रधानमन्त्रीले प्रतिबद्धता जनाएका कुराहरू पूरा नभए सरकारबाट बाहिरिने बताएका छन्।


बिहीबार संसद् भवन परिसरमा बोल्दै उपाध्यक्ष पाण्डेले आफ्नो पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग गरेका प्रतिबद्धता पूरा नभए आफ्नो पार्टी सरकारबाट बाहिरिने बताएका हुन्।

उपाध्यक्ष पाण्डेले भने, ‘मैले स्पटै भनेको छु, तपाईँले बोलेको कुराहरू पूरा गर्नुभएन भने असारको ३१ गते बिदा हुनुहुन्छ । भोट हाल्दैनौँ भनेको छु । १६५ वटा निर्वाचन क्षेत्रलाई विचार गर्नुभएन भने बजेटमा भोट हालिँदैन, त्यहाँ भन्दा बढ्ता के भन्नु ? प्रधानमन्त्रीले प्रतिबद्धता पूरा नगरे बाहिर निस्किन्छौँ ।’

प्रधानमन्त्रीका प्रतिबद्धता पूरा नभए आगामी आर्थिक वर्षको बजेटमा समर्थन दिन नसक्ने उपाध्यक्ष पाण्डेको भनाइ थियो ।

आगामी आर्थिक वर्षको बजेटमा १६५ वटा निर्वाचन क्षेत्रलाई विचार गरेर बजेट ल्याउन उनले सुझाव दिए ।