FLASH NEWS

चिनले भन्यो– ‘टिकटक माथी प्रतिबन्ध लगाउने अमेरिकी प्रयास डाँकुको ब्यावहार जस्तो’


नेपाल आवाज २ चैत्र २०८०, शुक्रबार १०:२८ मा प्रकाशित ४९९ पाठक संख्या

बेइजिङ । टिकटक माथी प्रतिबन्ध लगाउने अमेरिकी तयारी प्रति चीनले आपत्ति जनाएको छ । अमेरिकी संसदमार्फत टिकटक प्रतिबन्ध गराउने बिधेयकले चाँडै नै अमेरिकामा प्रतिबन्ध लगाउनका लागि बाटो खुल्ला गरेको छ । तर, चीनले अमेरिकी संसदको सो प्रयासलाइ अन्याय पुर्ण र डाकु जस्तो व्यवहार गरेको आरोप लगाएको छ ।


बिहीबार बेइजिङमा आयोजित पत्रकार सम्मेलनमा चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता वाङ वेनबिनले विधेयकमाथिको मतदान निष्पक्ष प्रतिस्पर्धा र न्यायको सिद्धान्तविपरीत भएको पहिलो प्रतिक्रिया दिएका छन ।‘जब कसैले अर्को व्यक्तिसँग भएको राम्रो चीज देख्छ र यसलाई आफ्नो लागि लिने प्रयास गर्दछ, यो पूर्णतया डाकुको तर्क हो,’ प्रवक्ता वाङले भने ।

अर्का चिनियाँ अधिकारी वाणिज्य मन्त्रालयका प्रवक्ता हे याडोङका अनुसार चीनले आफ्नो वैध अधिकार र हितको रक्षा गर्न सबै आवश्यक कदम चाल्नेछ।हालै अमेरिकी संसदले पारित गरेको विधेयकले टिकटकको मूल कम्पनीको फर्मबाट टिकटक अलग हुनु पर्ने सर्त राख्दै सो एपमाथि प्रतिबन्ध लगाउन ६ महिनाको समय दिएको छ ।

यद्दपी,  अझै पनि सिनेटमा अप्ठ्यारो टिकटक प्रतिबन्ध गर्ने तयारीको सामना गर्नु पर्नेछ । तर,  राष्ट्रपति जो बिडेनले भने कि यदि यो कांग्रेसबाट पनि पास भयो भने उनले सहजै हस्ताक्षर गर्नेछन् ।बीबीसीका अनुसार बेइजिङले आफ्नो हितको रक्षा गर्न आवश्यक उपाय गर्ने जनाएको छ । टिकटक चिनियाँ कम्पनी बाइटडान्सको स्वामित्वमा रहेको छ, जो केम्यान टापुमा दर्ता भएको बेइजिङमा रहेको फर्म हो ।

अमेरिकी सांसदले यस एपको बारेमा चिन्ता व्यक्त गरेका छन् र भनिरहेका छन् कि चिनियाँ सरकारको निगरानीमा रहेको सो एपले अमेरिकी जनताका  डाटालाई राष्ट्रिय सुरक्षा जोखिममा पार्ने उत्तिकै खतरा रहेको छ । तर, टिकटकका मालिकहरूले भने अमेरिकाको सो आरोपहरूलाई अस्वीकार गर्दै आएका छन् ।

बुधवार मात्रै अमेरिकी कंग्रेसमा प्रस्तावित कानूनको पक्षमा ३५२ र विपक्षमा ६५ जना सांसदले मतदान गर्दै सो विधेयक पारित गर्न भारी मत दिएर प्रतिबन्धका लागि बाटो खुल्ला गरेको थियो ।