FLASH NEWS

संसदमा कान्तिका सेजुवालले भनिन्- माओवादीका नेता सुनले पहेँलपुर भइसके


नेपाल आवाज २ चैत्र २०८०, शुक्रबार १३:२९ मा प्रकाशित ४५७ पाठक संख्या

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसद कान्तिका सेजुवालले माओवादी केन्द्रका नेता सुनले पहेँलपुर भएको बताएकीस् छन् ।


शुक्रबार बसेको प्रतिनिधिसभा बैठकको शून्य समयमा उनले माओवादी नेता सुनले पहेँलपुर भएको टिप्पणी गर्दै सुन प्रकरणमा अर्थमन्त्री वर्षमान पुनको पनि नाम जोडिएको बताइन् ।

‘सत्ता नेतृत्व गरिरहेका दल माओवादी केन्द्रका थुपै्र नेता र उनका परिवारका सदस्यमाथि सुनका जलप लगाइसकेको छ । उहाँहरू सुनले पहेँलपुर भइसक्नुभएको छ । हुँदा हुँदा माननीय अर्थमन्त्रीज्यूको नाम सुन प्रकरणमा जोडिएको छ,’ उनले भनिन् ।