FLASH NEWS

टोखाबाट पक्राउ परेका पूर्व उपराष्ट्रपति पुत्र दीपेशलाई भैरहवा लगियो


नेपाल आवाज २ चैत्र २०८०, शुक्रबार २१:३६ मा प्रकाशित ५६९५ पाठक संख्या

काठमाडौँ  – काठमाडौँबाट पक्राउ परेका नेकपा (माओवादी केन्द्र) को भातृसंगठन अखिल क्रान्तिकारीका महासचिव दीपेश पुनलाई भैरहवा लगिएको छ ।


पूर्वउपराष्ट्रपति नन्द किशोर पुन पासाङका छोरासमेत रहेका दीपेशलाई प्रहरीले शुक्रबार साँझ जहाजमार्फत भैरहवा पठाएको हो ।

रुपन्देहीमा सहकारी ठगीसम्बन्धी मुद्दामा उनीविरुद्ध यसअघि नै पक्राउ पुर्जी जारी भएको थियो । सुन तस्करीमा संलग्न भएको आरोप प्रहरी प्रधान कार्यालयको विशेष टोलीले उनलाई शुक्रबार राजधानीको टोखाबाट पक्राउ गरेको थियो ।

सुन तस्करीसम्बन्धी जाँचबुझ आयोगले दीपेशलाई कारबाही गर्न सिफारिस गरेको थियो । प्रहरीले पुनमाथि थप अनुसन्धान सुरू गरेको छ ।

गृहमन्त्री रवि लामिछानेले जाँचबुझ आयोगले तयार पारेको प्रतिवेदन शुक्रबार प्रधानमन्त्री पुष्पकमल दाहाललाई बुझाएका थिए ।

यस्तै रुपन्देहीको सुप्रिम बचत तथा ऋण सहकारी संस्थाका सर्वसाधारणको बचत हिनामिनामा संलग्न भएको आरोप पनि पुनविरुद्ध लागेको छ ।