FLASH NEWS

मुलुक भयावह अवस्थामा पुगेको छः पूर्वप्रधानन्यायाधीश सुशीला कार्की


नेपाल आवाज ३ चैत्र २०८०, शनिबार १९:०१ मा प्रकाशित ८२३ पाठक संख्या

काठमाडौं – पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले मुलुक भयावह अवस्थामा पुगेको टिप्पणी गरेकी छन्। राजनीतिक उत्तरचढावका कारण मुलुकको अवस्था भयावह बन्न गएको उनको बुझाई थियो।


शनिवार भक्तपुरमा आयोजित ‘मान्छे मर्ने तलाउ’ नामक कविता संग्रहको लोकार्पण गर्दै पूर्वप्रधानन्यायाधीश कार्कीले समाजमा त्रुटिहरुले जरा गाडेको समेत चित्रण गरिन्।

उनले सो कविता संग्रहले राजनीतिक तथा सामाजिक क्षेत्रमा देखिएका त्रुटिहरुलाई औंल्याउने काम गरेको पनि बताइन्।

कवितालाई इतिहासको रुपमा व्याख्या गर्दै उहाँले सो कविताले समय सापेक्ष ढंगले विगत र वर्तमानमा देखिएका विकृतिको उठान गरेको बताइन्।

पूर्वप्रधानन्यायाधीश कार्कीले भनिन्, ‘कविता पनि समयसापेक्ष नै हुन्छ। मान्छेले जे देख्छ, त्यो न लेख्छ। यसमा धेरै अहिलेको यो भईरहेको पोलिटिकल सिच्युएशनहरु छ नि। राजनीतिक सिच्युएशनमा जुन उचनिच आइराखेको छ नि। त्यसमा केन्द्रित छ यो बढि। त्यसलाई फोकस गरिएको छ। मुलुकको जुन भयावह जुन अवस्था छ। त्यसलाई फोकस गरेको छ। समाजमा आएको त्रुटि जुन छन, समाजमा देखापरेको जुन किसिमको वातावरण छ। त्यसमा लक्षित छ। रितिरिवाजका कुरामा लक्षित गरिएको छ। ९० वटा कवितामा उहाँले देखेजति कुराहरु छन्। सबैलाई लयमा राखेर यो कविता संग्रह तयार गरिएको छ। उहाँको यो रचना मलाई साह्रै राम्रो लाग्यो। आज मलाई एउटा छुट्टै अनुभव भयो। जहिले पनि हामी कानून र त्यस्तैत्यस्तै विषयमा भाग लिन्थ्यौं। तर आज एउटा छुट्टै अनुभव भयो। यो पनि एउटा विधा हो। तर वास्तवमा कविता पनि एउटा हिस्ट्री हुन्छ। कवितामा पनि इतिहास हुन्छ। संसारमा हिटलरको गरेको ज्यादति, मुसोलिनीले गरेको ज्यादति यी जति पनि संसारका तानाशाहहरुको ज्यादतिहरु कविता पनि आएका छन। त्यसैले कविता इतिहास पनि हुन्छ। समय सापेक्ष कुरालाई पनि यसले बोलेको हुन्छ।’ पूर्वप्रधानन्यायाधीश कार्कीले कविता समय सापेक्ष हुनुपर्ने पनि बताइन्।