FLASH NEWS

काठमाण्डौंको जनप्रदर्शनको तयारी गर्न राप्रपा नेताहरु तराइ मधेस दौडमा


नेपाल आवाज ४ चैत्र २०८०, आईतवार १३:४० मा प्रकाशित ६२२९ पाठक संख्या
काठमाण्डौ – चैत २७ गते काठमाण्डौ केन्द्रित जनप्रदर्शनको तयारि स्वरुप राप्रपा नेताहरु तराइ मधेस दौडमा निक्लिने भएका छन्। सरकार समक्ष राष्ट्रियता, विकास, सुशासन, सेवाप्रवाह र जनजीविकासंग सम्बन्धित विभिन्न ४० बॅुदे मागपत्र पेश गरेर राप्रपा आन्दोलनमा होमिन लागेको हो। आफ्ना मागहरुबारे जनतालाई जागरुक तुल्याउन र जनमत सिर्जना गर्न राप्रपाका नेताहरु पॅाचदिने तराइ मधेस यात्रामा निस्कदैछन्।
चैत ५ गतेदेखि ८ गतेसम्म तराइ मधेसका आठ जिल्लामा राप्रपाको आमसभा र कार्यकर्ता भेलाको आयोजना गरिएको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिएका छन् । सरकार समक्ष राष्ट्रियता, विकास, सुशासन, सेवाप्रवाह र जनजीविकासंग सम्बन्धित विभिन्न ४० बॅुदे मागपत्र पेश गरेर आन्दोलनमा होमिएको राप्रपाले चैत २७ गते काठमाण्डौं केन्द्रीत जनप्रदर्शन गर्दैछ।
राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनको नेतृत्वमा हुने तराइ मधेश स्तरिय विभिन्न कार्यक्रममा वरिष्ठ नेता उपाध्यक्ष बुद्धिमान तामाङ, वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र, महामन्त्री डा.धवलशमसेर राणा, प्रवक्ता ज्ञानेन्द्र शाही, मधेस प्रदेशका अध्यक्ष भरत गिरी, प्रतिनिधिसभा सदस्य बिना जयसवाल, नेतृ खुस्बु ओली र पार्टी सम्बद्ध युवा, विद्यार्थी, महिला संगठनका अध्यक्षहरु रहनेछन् ।
चैत ५ गते जनकपुरको जानकी मन्दिरमा पुजाआजा गरी मधेस प्रदेश यात्रा प्रारम्भ गर्ने राप्रपाका नेताहरु सोही दिन धनुषामा अगुवा कार्यकर्ता भेला र सर्लाहीको बरहथवामा हुने आमसभामा सहभागी हुनेछन्। राप्रपाले चैत ६ गते रौतहटको गौरमा कार्यकर्ता भेला र बिरगंजमा आमसभा गर्नेछ भने सॅाझ उधोग वाणिज्य संघको सभाकक्षमा बिरगंजका उद्योगी व्यवसायीसंग छलफल र अन्तर्क्रिया गर्नेछ।
चैत ७ गते बाराको निजगढमा आमसभा र बर्दिबासमा महोत्तरीको अगुवा कार्यकर्ता भेलाको आयोजना गरिएको छ। यसैगरी चैत ८ गते सिराहाको लाहानमा कार्यकर्ता भेला गरेर सप्तरीको बोधेबसान नगरपालिकामा आमसभा गर्ने तालिका रहेको प्रवक्ता श्रेष्ठले जानकारी दिएका छन्।