FLASH NEWS

पूर्वसभामुख महरालाई अस्पतालमा बस्न दिन अदालतको आदेश, नर्भिक अस्पतालमा राखिने


नेपाल आवाज ५ चैत्र २०८०, सोमबार १९:३१ मा प्रकाशित ९१३ पाठक संख्या

काठमाडौं – सुन तस्करी प्रकरणमा पक्राउ परेका पूर्वसभामुख तथा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरालाई अस्पतालमा राखिने भएको छ।


नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले अनुसन्धानका लागि म्याद थप गर्नका लागि अदालतमा पेश गरेको थियो।

काठमाडौं जिल्ला अदालतले ४ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएसँगै अस्पतालमा राख्न आदेशसमेत दिएको हो। स्रोतका अनुसार उनलाई नर्भिक अस्पतालमा राखिने भएको छ।

सोमबार बिहान रुपन्देहीबाट पक्राउ परेका उनलाई काठमाडौं ल्याएर अदालतमा उपस्थित गराइएको थियो।

सुन तस्करी प्रकरणमा उच्चस्तरीय जाँचबुझ आयोगको प्रतिवेदनमा महराको संलग्नता देखाएपछि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले पक्राउ गरेको हो।

यो पनि पढनुहोस् : पूर्वसभामुख महरालाई ४ दिन हिरासतमा राख्न अदालतको अनुमति

भैरहवाबाट पक्राउ परेका महरालाई काठमाडौं ल्याइयो, सीआईबीको नियन्त्रणमा

सुन तस्करी प्रकरण : पूर्वसभामुख कृष्णबहादुर महरा प्रहरीको नियन्त्रणमा