FLASH NEWS

पूर्वसभामुख महरालाई ४ दिन हिरासतमा राख्न अदालतको अनुमति


नेपाल आवाज ५ चैत्र २०८०, सोमबार १९:२३ मा प्रकाशित ६८५ पाठक संख्या

काठमाडौं – पूर्वसभामुख एवं माओवादी नेता कृष्णबहादुर महरालाई ४ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ ।


सुन प्रकरणमा अनुसन्धानका लागि उनलाई ४ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको हो ।

पूर्वन्यायाधीश डिल्लीराज आचार्य नेतृत्वको सुन समितिले मुद्दा चलाउन सिफारिस गरेपछि महरा साेमबार बिहान लुम्बिनीबाट पक्राउ परेका थिए । लगत्तै उनलाई केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ल्याइएको थियो ।

भेप प्रकरणमा महरालाई प्रतिवादी बनाएर मुद्दा दर्ता गर्नुपर्ने सुनको अवैध तस्करी नियन्त्रण सम्बन्धी जाँचबुझ आयोगको निष्कर्ष छ ।

महराका छोरा राहुल सो मुद्दामा अहिले पनि थुनामा छन् । भेप प्रकरणमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले राहुलबिरुद्ध ‘संगठित तस्करी’ गरेको आरोपमा अनुसन्धान गरेको थियो ।

यो पनि पढनुहोस् :

भैरहवाबाट पक्राउ परेका महरालाई काठमाडौं ल्याइयो, सीआईबीको नियन्त्रणमा

सुन तस्करी प्रकरण : पूर्वसभामुख कृष्णबहादुर महरा प्रहरीको नियन्त्रणमा