FLASH NEWS

बागलुङ बस दुर्घटनाप्रति प्रधानमन्त्री प्रचण्डद्धारा दुःख व्यक्त


नेपाल आवाज ५ चैत्र २०८०, सोमबार २२:५२ मा प्रकाशित ६६७ पाठक संख्या

काठमाडौं – प्रधामन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रुकुम पश्चिमबाट काठमाडौं आउँदै गरेको यात्रुबाहक बस बागलुङमा दुर्घटनामा परेको घटनाप्रति दुःख व्यक्त गरेका छन् ।


उनले सामाजिक सञ्जालमार्फत दुर्घटनामा ज्यान गुमाउने सम्पूर्ण यात्रुहरूमा भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै परिवारमा गहिरो समवेदना प्रकट गरेका हुन् ।

सोमबार बागलुङको निसीखोलामा भएको दुर्घटनामा सात जनाको मृत्यु भएको छ । अन्य २५ जना यात्रु घाइते भएका छन् ।

दुर्घटनामा ज्यान गुमाउनुहुने सम्पूर्ण यात्रुहरूमा भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै परिवारमा गहिरो समवेदना प्रकट गर्दछु । घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै उद्धार र उपचारलाई प्रभावकारी बनाउन प्रशासन संयन्त्रलाई निर्देशित गर्दछु,’ उनले भनेका छन् ।

बारम्बार भइरहेका सवारी दुर्घटनाबाट शिक्षा लिँदै दुर्घटना कम गर्न सकिने उपायसहित आवश्यक योजना निर्माण गर्न सम्बन्धित निकायलाई प्रधानमन्त्री प्रचण्डले आग्रह पनि गरेका छन् ।