FLASH NEWS

क्रेस्ट माइक्रो लाइफको साधारणसभा सम्पन्न, आईपीओ निष्कासन प्रस्ताव पारित


नेपाल आवाज ६ चैत्र २०८०, मंगलवार ११:१६ मा प्रकाशित २७७ पाठक संख्या

काठमाडौ । क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सको प्रथम वार्षिक साधारणसभा सम्पन्न भएको छ । सञ्चालक समितिका अध्यक्ष ऋषिराज मोरले पेस गरेको कम्पनीको वार्षिक प्रतिवेदन सभाले सर्वसम्मत पारित गरेको छ । सभाले सर्वसाधारणलाई आइपीओ निष्काशन गर्ने प्रस्ताव पनि पारित गरेको हो ।


साथै, आइपीओ निष्कासन सम्बन्धि सम्पूर्ण कार्य गर्न र प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न संचालक समितिलाई अख्तियारी प्रदान गरेको छ ।

सभाले संस्थापक समूहबाट ऋषिराज मोर, मृदुला सरिया, रोहितकरण बैध र विदुर पुरी कम्पनीको सञ्चालक पदमा र्निविरोध निर्वाचित गरेको कम्पनीले जनाएको छ । सभाले वार्षिक प्रतिवेदन सहित गत आवको नाफा–नोक्सान लगायतका वित्तीय विवरण छलफल गरी पारित गरेको छ । सभा कम्पनीको रजिस्टर्ड कार्यालय सुर्खेतमा सम्पन्न भएको हो ।