FLASH NEWS

अमेरिकी डलरको भाउ बढ्यो


नेपाल आवाज ७ चैत्र २०८०, बुधबार ०९:४१ मा प्रकाशित ४२१ पाठक संख्या

काठमाडौं । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार भारतीय रूपैयाँ १०० को खरिद दर १६० रूपैयाँ हुदाँ बिक्री दर १६०।१५ पैसा कायम गरिएको छ ।


नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दर अनुसार बुधबार अमेरिकी डलर एकको खरिददर १३२ रूपैयाँ ५६ पैसा र बिक्रीदर १३३ रूपैयाँ १६ पैसा कायम गरिएको छ । अघिल्लो दिनको तुलनामा डलरको भाय २० पैसाले बढेको हो । यसअघि मंगलबार यसको खरिददर १३२ रूपैयाँ ३६ पैसा र बिक्रीदर १३२ रूपैयाँ ९६ पैसामा कारोबार भएको थियो ।

बुधलबार ५६ पैसाले घटेर एक युरोको खरिदमूल्य १४३ रूपैयाँ ७७ पैसा र बिक्रीमूल्य १४४ रूपैयाँ ४३ पैसा तोकिएको छ । मंगलबार भने यसको खरिददर १४४ रूपैयाँ ३३ पैसा र बिक्रीमूल्य १४४ रूपैयाँ ९८ पैसामा कारोबार भएको थियो ।

त्यस्तै, बेलायती पाउण्ड सटर्लिङ एकको खरिददर १६८ रूपैयाँ २२ पैसा र बिक्रीदर १६८ रूपैयाँ ९८ पैसा कायम गरिएको छ ।

यता, अष्ट्रेलियन डलर एकको खरिददर भने ८६ रूपैयाँ ३६ र बिक्रीदर ८६ रूपैयाँ ७५ पैसा र क्यानेडियन डलर एकको खरिददर भने ९७ रूपैयाँ ६९ पैसा र बिक्रीमा ९८ रूपैयाँ १४ पैसा कायम गरिएको छ ।

उता, जापानी येन १० को खरिददर ८ रूपैयाँ ८१ पैसा कायम हुदाँ बिक्री दर भने ८ रूपैयाँ ८५ पैसा रहेको छ । चाइनिज युआन एकको खरिददर १८ रूपैयाँ ४१ पैसा तथा बिक्री दर १८ रूपैयाँ ५० पैसा तथा दक्षिण कोरिया वन १०० को खरिददर ९ रूपैयाँ ९० पैसा तथा बिक्री दर ९ रुपैयाँ ९५ पैसा कायम गरेको जनाइएको छ ।

यसैगरी, बुधबार कतारी रियाल एकको खरिदमूल्य ३६ रूपैयाँ ३५ पैसा र बिक्रीमूल्य ३६ रूपैयाँ ५१ पैसा कायम गरेको राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर ३५ रूपैयाँ ३५ पैसा र बिक्रीमूल्य ३५ रूपैयाँ ५१ पैसा, युएई दिराम एकको खरिददर ३६ रूपैयाँ १० पैसा र बिक्रीदर ३६ रूपैयाँ २६ पैसा तथा मलेसियन रिंगिट एकको खरिददर बुधबार २८ रूपैयाँ ०१ पैसा र बिक्रीदर २८ रूपैयाँ १३ पैसा कायम गरेको छ ।

साथै, कुवेती दिनार एकको खरिददर ४३१ रूपैयाँ ०६ पैसा र बिक्रीदर ४३३ रूपैयाँ ०१ पैसा र बहराइन दिनार एकको खरिददर ३५१ रूपैयाँ ६६ पैसा र बिक्रीदर ३५३ रूपैयाँ २६ पैसा तोकिएको राष्ट्र बैंकले जनाएको छ ।