FLASH NEWS

शाहरूखको रेकर्ड तोडदै अजय देवगन, जसको १४ फिल्मले कटाए १०० करोड


नेपाल आवाज ७ चैत्र २०८०, बुधबार १०:१९ मा प्रकाशित ५४७ पाठक संख्या

मुम्बइ । शैतानले १०० करोडको किर्तिमानी कमाइ गरेको छ ।  योसँगै अजय देवगनको नाममा दुई कीर्तिमान पनि बनेको छ ।


भारतीय समाचार माध्यमका अनुसार  ‘शैतान’ १०० करोड क्लबमा सामेल भएपछि अजयको यो फिल्म १०० करोड कमाउने उनको करियरको १४औँ फिल्म बनेको छ ।

यससँगै अजयले यस मामिलामा बलिउडका किंग खान अर्थात् शाहरुख खानलाई निकै पछाडी छाडेका छन । ध्यान दिनु पर्ने कुरा के छ भने सबैभन्दा धेरै १०० करोड फिल्म दिने मामिलामा सलमान खान पहिलो नम्बरमा छन्, उनले १७ वटा फिल्मलाइ १०० करोडको क्लबमा रखाउन सफल भएका छन ।

यसैगरी, अक्षय कुमार यस लिस्टमा दोस्रो नम्बरमा छन्, उनले अहिलेसम्म १६ वटा फिल्मवाट कम्तिमा १६०० करोड कमाइदिएका छन ।
यस्तो अवस्थामा अजय देवगन सबैभन्दा बढी १०० करोड कमाउने फिल्मको सूचीमा तेस्रो स्थानमा रहेको छन्, उनले शैतानसहित १४ वटा फिल्म १०० करोड क्लबमा पुर्‍याएका छन ।

त्यसपछि मात्रै वलिउडका बादशाह शाहरुख खानको नाम आउँछ, उनी चौथो स्थानमा छन् ।