FLASH NEWS

श्रीलंका टापुको बस्ती स्थानान्तरण गर्न सुझाव, प्रतिवेदन राष्ट्रिय सभामा पेस


नेपाल आवाज ७ चैत्र २०८०, बुधबार १४:१९ मा प्रकाशित ५२९ पाठक संख्या

काठमाडौं। राष्ट्रिय सभामा राष्ट्रिय निकुञ्ज, वन्यजन्तु आरक्ष र मध्यवर्ती क्षेत्रमा मानव र वन्यजन्तुबीचको द्वन्द्वको अवस्था अध्ययन प्रतिवेदन, २०८० पेस गरिएको छ ।


बुधबार बसेको राष्ट्रिय सभा बैठकमा संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिका सभापति सोनाम गेल्जेन शेर्पाले उक्त प्रतिवेदनमाथि छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका हुन् । उक्त प्रतिवेदनमा श्रीलंका टापुको बस्ती स्थानान्तरण गर्नुपर्ने आवश्यकता औँल्याइएको सभापति शेर्पाले बैठकमा जानकारी दिए ।