FLASH NEWS

स्रोत नखुलेको नगदसहित एकजना पक्राउ


नेपाल आवाज ७ चैत्र २०८०, बुधबार १७:१८ मा प्रकाशित ६२५ पाठक संख्या

धनुषा । जनकपुर उपमहानगरपालिका-१० बाट स्रोत नखुलेको नगद १६ लाख ९२ हजार १ सय ५० रूपैयाँसहित महोत्तरी औरही नगरपालिका-३ बस्ने ३६ वर्षीय राम प्रबोध मण्डललाई  प्रहरीले पक्राउ गरेको छ ।


प्रहरी चौकी जनकुपरधामबाट खटिएको प्रहरीले उनलाई उक्त नगदसहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।