FLASH NEWS

प्रि–ओपन सेसनमा साढे १ अंकले बढ्यो नेप्से


नेपाल आवाज ८ चैत्र २०८०, बिहीबार १२:५२ मा प्रकाशित ३३७ पाठक संख्या

काठमाडौं । प्रि–ओपन सेसनमा नेप्से सूचक साढे १ अंकले बढेको छ। साताको अन्तिम कारोबार दिन बिहीबार प्रि–ओपन सेसनमा १।५६ अंक बढेर २०६५।५१ विन्दुमा पुगेको छ।


यो सेसनमा ३७ कम्पनीको ३ हजार ६८६ कित्ता सेयर किनबेच हुँदा २७ लाख २५ हजार २८९ रुपैयाँको कारोबार भएको छ। यो सेसनमा २२ कम्पनीको सेयर मूल्य बढ्दा १२ कम्पनीको मूल्य घटेको छ भने ३ वटा कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।