FLASH NEWS

दिल्लीमाथि पञ्जाव किंग्सको शानदार जित


नेपाल आवाज १० चैत्र २०८०, शनिबार २०:०८ मा प्रकाशित ६७९ पाठक संख्या

पञ्जाव किंग्सले दिल्ली क्यापिटल्सलाई पराजित गरेको छ । आइपिएल अन्तर्गत पञ्जाव किंग्सले दिल्ली क्यापिटल्सलाई ४ विकेटले पराजित गरेको हो।दिल्लीले दिएको १७५ रनको लक्ष्य पछाएको पञ्जावले १९.२ ओभरमा ६ विकेट गुमाउदै लक्ष्य पुरा गरेको हो।पञ्जावको जितमा साम कुरानले सर्बाधिक ६३ रन बनाएका थिए । कुरानले ४७ बलमा ६३ रन बनाएका थिए । त्यसैगरी लियाम लिभिङस्टोनले अविजित ३८ रन बनाए भने प्रभिसिमरन सिंहले २६ तथा कप्तान शिखर धवनले २२ रन बनाएका थिए ।


त्यसैगरी दिल्लीका बलर कुलदीप यादवले २ विकेट लिए भने खलिल अहमद र इशान्त शर्माले एक एक विकेट लिएका थिए ।यसअघि दिल्ली क्यापिटल्सले टस हारेर पहिला ब्याटिंग गर्दै २० ओभरमा ९ विकेट गुमाएर १७४ रन बनाएको थियो ।दिल्लीका लागि साइ होपले सर्बाधिक ३३ रन बनाए भने डेभिड वार्नरले २९ तथा मिचेल मार्शले २० रन बनाए । त्यस्तै अक्सर पटेलले २१ रन बनाए भने कप्तान ऋषव पन्तले १८ रन बनाए । त्यसैगरी अभिषेक पोरेलले १० बलमा ३२ रन बनाएका थिए ।

त्यसैगरी पञ्जावका बलर हर्षल पटेल र अर्शदीप सिंहले २-२ विकेट लिए भने कागीसो रबाडा, हरप्रित ब्रार र राहुल चहरले एक एक विकेट लिए ।यो जितपछि नयाँ सिजनमा पञ्जाव किंग्सले महत्वपूर्ण ३ अंक हासिल गरेको छ भने दिल्लीले हारसँगै नयाँ सिजनको शुरुवात गरेको छ ।