FLASH NEWS

नुहाउने क्रममा नदीमा डुबेर एक बालिकाको मृत्यु


नेपाल आवाज ११ चैत्र २०८०, आईतवार १८:५४ मा प्रकाशित १२९१ पाठक संख्या

धनगढी । कैलालीमा एक बालिकाको नदीमा नुहाउनेक्रममा डुबेर मृत्यु भएको छ।


भजनी नगरपालिका–२ रजबाराका तुलराम बिककी १३ वर्षीया छोरी ममता बिकको सोहि पालिकाको काडा नदीमा नुहाउनेक्रममा डुबेर मृत्यु भएको हो। उनको उपचारकाक्रममा भजनी अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।