FLASH NEWS

प्रहरीका यी ८ डिएसपी भए एसपी बढुवाको सिफारिस (सूची सहित)


नेपाल आवाज १५ चैत्र २०८०, बिहीबार ०१:०४ मा प्रकाशित ५९५ पाठक संख्या

काठमाडौँ –  नेपाल प्रहरीका ८ जना प्रहरी नायब उपरीक्षक (डिएसपी) प्रहरी उपरीक्षक (एसपी) पदका लागि बढुवामा सिफारिस भएका छन् ।


नेपाल प्रहरी प्रधान कार्यालयले ८ डिएसपीलाई एसपीमा बढुवाका लागि सिफारिस गरेको हो । कार्यालयको बढुवा समितिको बैठक बुधबार बसेको थियो।

बढुवा सिफारिसको पहिलो नम्बरमा ढकेन्द्र खतिवडा र दोस्रो नम्बरमा अंगुर जिसी रहेका छन् ।

बढुवामा पहिलो नम्बरमा रहेका डिएसपी प्रदीप क्षेत्री भने बढुावमा छुटेका छन् ।