FLASH NEWS

टोपबहादुर रायमाझीको मुटुमा समस्या, अस्पताल भर्ना


नेपाल आवाज १५ चैत्र २०८०, बिहीबार १०:२४ मा प्रकाशित ३६१ पाठक संख्या

काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा हिरासतमा रहेका नेकपा एमालेका पूर्वसचिव टोपबहादुर रायमाझीलाई मुटुमा समस्या देखिएको छ ।


बुधबार रायमाझीको मुटुमा समस्या भएपछि  मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा भर्ना गरिएको छ । चिकित्सकहरुले नेता रायमाझीको स्वास्थ्य अवस्था स्थिर रहेको जानकारी दिँदै अहिले निगरानीमा राखिएको बताएका छन् ।