FLASH NEWS

प्रधानमन्त्री प्रचण्ड र देउवाबीच भेटवार्ता


नेपाल आवाज १५ चैत्र २०८०, बिहीबार १२:३४ मा प्रकाशित ३०७ पाठक संख्या

काठमाडौँ ।  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ। बिहीबार बिहान बालुवाटारमा प्रधानमन्त्री प्रचण्ड र सभापति देउवाबीच भेटवार्ता भएको हो ।


करिब एक घण्टा भएको कुराकानी विचाराधीन कानुनहरू पारित गर्ने र संसदलाई नियमित चलाउने विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएका छन् । गत फागुन २१ गते कांग्रेस र माओवादी केन्द्रको गठबन्धन टुटेपछि प्रचण्ड र देउवाबीच पहिलो पटक वान टू वान भेट हो ।