FLASH NEWS

कर्णाली पुलबाट हाम फालेर बेपत्ता भएका शाहीको शव भेटियो


नेपाल आवाज १५ चैत्र २०८०, बिहीबार १६:४४ मा प्रकाशित ७०३ पाठक संख्या

सुर्खेत । कैलालीको चिसापानीस्थित कर्णाली पुलबाट हाम फालेर बेपत्ता भएका लोकेन्द्र शाहीको शव भेटिएको छ ।उनको शव टीकापुर नगरपालिकास्थित सनकट्टी घाटमा भेटिएको हो ।


पानीमा तैरिएको अवस्थामा शाहीको शव भेटिएपछि इलाका प्रहरी कार्यालय टीकापुरको टोली घटनास्थल तर्फ गएको छ ।शाही चैत १२ गते होलीको दिन कर्णाली पुलबाट हाम फालेर बेपत्ता भएका थिए । उनीसँगै अन्य १६ जनाले समेत पुलबाट हाम फालेका थिए ।