FLASH NEWS

इटहरी गोल्डकपको फाइनलमा चर्च ब्वाइज र आर्मी भिड्ने


नेपाल आवाज १६ चैत्र २०८०, शुक्रबार ०७:३४ मा प्रकाशित ४३९ पाठक संख्या

धरान । इटहरीमा जारी १४औँ अन्तर्राष्ट्रिय आमन्त्रण कन्ट्रोल इटहरी गोल्डकपको उपाधिको लागि चर्च ब्वाइज युनाइटेड र विभागीय टोली त्रिभुवन आर्मी क्लब भिड्ने भएका छन् ।


इटहरी रङगशालामा बिहीबार राति भएको दोस्रो सेमिफाइनलमा आयोजक राष्ट्रिय जागृति क्लबलाई १–० गोल अन्तरले पराजित गर्दै चर्च ब्वाइज फाइनलमा पुगेको हो । चर्च ब्वाइज इटहरी गोल्डकपको पनि फाइनलमा पुगेको क्लब हो ।

चर्च ब्वाइजको जितमा समीर तामाङले खेलको ८९औँ मिनेटमा गरेको गोलनै खेलको निर्णायक गोल बनेको थियो ।अब उपाधिका लागि शनिबार चर्च ब्वाइज र आर्मीबीच भिडन्त हुनेछ ।त्यस्तै यसअघि बुधबार सम्पन्न पहिलो सेमिफाइनलमा त्रिभुवन आर्मीले साबिक विजेता मोरङको सगरमाथा क्लबलाई पेनाल्टी सुट आउटमा २–१ गोल अन्तरले हराउँदै फाइनलमा पुगेको थियो ।

फाइनल खेल विजेताले १० लाख नगद र उपविजेतालाई पाँच लाख पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएका छन् ।