FLASH NEWS

मोटरसाइकल एक आपासमा ठोक्किदा रौतहटमा २५ बर्षीय युवकको मृत्यु


नेपाल आवाज १८ चैत्र २०८०, आईतवार ११:३१ मा प्रकाशित ५२३ पाठक संख्या

रौतहट । आज बिहान रौतहट जिल्लामा दुई मोटरसाइकल एक आपसमा ठोकिदा एकजनाको मृत्यु भएको छ । यसरी मृत्यु हुनेमा बौधिमाई न।पा। ४ इनर्वारी निवासी २५ बर्षीय सुरेश पासवान रहेका छन ।


आज बिहान रौतहटको परोहा नगारपालिकाको बसन्तपट्टी र लौकाहाको बिचमा दुर्घटनामा परि गम्भीर घाइते भएका पासवानलाई थप्प उपचारका लागि बिरगंज पठाइएको थियो तर उपचारको क्रममा उनको निधन भएको प्रहरीले जनाएको छ ।

रौतहटको हुलाकी राजमार्गमा बौधिमाई नपा ४ इनर्वारीका  २५ बर्षीय सुरेश पासवान र परोहा नपा जिगडवा निवासी अलियासको मोटरसाइकल एक आपसमा ठक्कर दिदा ठूलो दुर्घटना भएको थियो  । दुर्घटना हुँदा खेरी नै बौधीमाई न।पा वडा नं ४ निवासी सुरेश पासवानको अवस्था निकै कमजोर रहेको हुँदा थप उपचारको लागि वीरगंज पठाइएको थियो । तर, अस्पतालले उनलाइ मृतक घोषणा गरेका थिए ।