FLASH NEWS

गृहमन्त्री रवि लामिछानेसँग धरानका मेयर हर्कको भेटवार्ता


नेपाल आवाज १८ चैत्र २०८०, आईतवार १५:१४ मा प्रकाशित ५६५ पाठक संख्या

काठमाडौं । धरानका मेयर हर्कराज राईले उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेसँग भेटवार्ता गरेका छन् ।आज मेयर राई मन्त्री लामिछानेलाई भेट्न सिंहदरबारस्थित् गृह मन्त्रालय पुगेका हुन् ।


पछिल्लो समय मेयर राईले सामाजिक सञ्जालमार्फत रवि लामिछानेको बारेमा विभिन्न टिकाटिप्पणी गरेपछि उनीहरुबीच सम्बन्ध चिसिएको चर्चा छ । गृहमन्त्री लामिछाने र मेयर राईबीच आगामी बैशाख १५ गते इलाम–२ मा हुने उपनिर्वाचनको विषयमा पनि छलफल भएको बुझिएको छ ।

इलामको उपनिर्वाचनमा रास्वपाले मिलन लिम्बुलाई उम्मेद्वार बनाएको छ । हिजोमात्रै रास्वपाले इलाममा उम्मेद्वारसहित आमसभा गरेको थियो । उता, हर्कले पनि इलामको उपनिर्वाचनमा स्वतन्त्र भन्दै डेकेन्द्र सिंह थेगिमलाई चुनावी मैदानमा उतारेका छन् ।