FLASH NEWS

बजेट बनाउन अर्थ मन्त्रालयले माग्यो सुझाव


नेपाल आवाज १९ चैत्र २०८०, सोमबार १४:४६ मा प्रकाशित ३१३ पाठक संख्या

काठमाडौं । अर्थ मन्त्रालयले बजेट बनाउन सबैसंग सुझाव मागेको छ । अर्थ मन्त्रालयले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि बजेट मस्यौदा लेखनको काम शुरू गरिरहेको छ ।


मन्त्रालयले एक सुचना प्रकाशीत गर्दै बजेट तथा कार्यक्रमका लागि सबैसँग सुझाव मागेको हो । मन्त्रालयले विभिन्न संघ, संस्था, बुद्धिजीवी, विज्ञ, राजनीतिक दल, व्यवसायी, समाजसेवी, पेशाकर्मी, कर्मचारी, सञ्चारजगत तथा आम नागरिकहरु लाई आगामी वैशाख मसान्तभित्र बजेटमा सुझाव दिन आग्रह गरेको छ ।

त्यसका लागि मन्त्रालयको वेबसाइटमा रहेको बजेट सजेसनमा गएर वा इमेल पठाएर सुझाव दिन मन्त्रालयले भनेको छ ।