FLASH NEWS

नेप्सेमा गिरावट


नेपाल आवाज १९ चैत्र २०८०, सोमबार १६:२७ मा प्रकाशित ५०५ पाठक संख्या

काठमाडौँ । सोमबार नेप्से ६।२६ अंकले घटेको छ । आज नेप्से घटेर २०१२।०७ अंकमा सीमित भएको छ ।


सोमबार ७२ लाख ९० हजार २०० कित्ता शेयर ६३ हजार १५ पटक खरिद बिक्री हुँदा २ अर्ब ८७ करोड ४७ लाख ५४ हजार ३०५।७५ मा कारोबार भएका छन् ।

आज गुँरास लघुवित्त वित्तीय संस्था लिमिटेड र माइ खोला हाइड्रोपावर लिमिटेडको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ भने माहुली लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयरमूल्य ९।४४ प्रतिशतले बढेको छ ।

त्यस्तै फल्स पावरको शेयरमूल्य ९।९८ प्रतिशतले घटेको छ भने हिमालयन हाइड्रोको ६।२७, अपर लाहोर खोला हाइड्रोको ६।१७ र धौलागिरी लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य ५।७३ प्रतिशतले घटेको छ ।

कारोबार रकमका आधारमा आज सर्वोत्तम सिमेन्ट लिमिटेड शीर्ष स्थानमा छ । कम्पनीको कुल ४७ करोड २९ लाख १७ हजार ६३२ बराबरको शेयर कारोबार भएको छ ।