FLASH NEWS

नेपालले बरोडालाई दियो १५७ रनको लक्ष्य


नेपाल आवाज २० चैत्र २०८०, मंगलवार १६:२७ मा प्रकाशित ४३९ पाठक संख्या

काठमाडौँ । नेपालले बरोडा क्रिकेट एसोसियसनको टिमलाई  १५७ रनको लक्ष्य दिएको छ ।टस हारेर पहिला ब्याटिंग गरेको नेपालले २० ओभरमा ६ विकेट गुमाउदै १५६ रन बनाएको हो ।


नेपालका लागि कुशल भुर्तेल र आसिफ सेखले ९-९ रन बनाए भने कप्तान रोहित पौडेलले १८, अनिल शाहले २५, गुलशन झाले १३, सन्दीप जोराले २८ रन बनाएका थिए । त्यस्तै कुशल मल्लले अविजित ४० तथा दिपेन्द्र सिंह ऐरीले ५ रन बनाएका थिए ।बरोडाका बलर बाबा खानले २ विकेट तथा परिक्षित पाटीदार र मोहित मोंगीयले एक एक विकेट लिएका थिए ।