FLASH NEWS

माओवादी नेता कालीबहादुर खाम पक्राउ


नेपाल आवाज २० चैत्र २०८०, मंगलवार १६:३४ मा प्रकाशित १०९९ पाठक संख्या

काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता कालीबहादुर खाम पक्राउ परेका छन् । एमाले निकट व्यवसायी रामहरि श्रेष्ठ हत्याको मुख्य योजनाकार भनिएका खामलाई ठमेलबाट पक्राउ गरिएको प्रहरी स्रोतले जानकारी दिएको छ ।


तत्कालीन जनयुद्धका कमाण्डरसमेत रहेका खाममाथि श्रेष्ठको अपहरण गरी हत्या गरेको आरोप छ । माओवादीको केन्द्रीय सदस्यसमेत रहेका उनी फरार रहँदै आएका थिए । यो घटना २०६५ मा भएको थियो ।