FLASH NEWS

सशस्त्रले बरामद गर्यो ७ लाख ५५ हजार बराबरको अवैध समान


नेपाल आवाज २२ चैत्र २०८०, बिहीबार ०७:२७ मा प्रकाशित ५१७ पाठक संख्या

रौतहट ।  रौतहट जिल्लाको परोहा नगरपलिका–९ खाँप ईलाकाबाट सशस्त्र प्रहरीले ७ लाख ५५ हजार ५ सय ७० रुपैयाँ बराबरको विभिन्न सामान बरामद गरेको छ ।


भारतबाट अबैध रुपमा भन्सार छली नेपालतर्फ ल्याई सीमा ईलाका नजिकै लुकाई छिपाई राखेको अवस्थामा बिभिन्न किसिमका लत्ताकपडा, औषधी, सुर्तिजन्य पदार्थ र चप्पलहरु सशस्त्र प्रहरी बल नेपाल नं. ११ गण रौतहटले बरामद गरेको छ ।

बरामद सामान गौर भन्सार कार्यालय रौतहटमा बुझाइएको छ ।