FLASH NEWS

फ्रेन्डसिप कपमा आज नेपाल र बरोडाबीच खेल हुदै


नेपाल आवाज २३ चैत्र २०८०, शुक्रबार ०७:१८ मा प्रकाशित ८१७ पाठक संख्या

काठमाडौँ । भारतमा जारी फ्रेन्डसिप कप अन्तर्गत नेपालले आज बरोडा क्रिकेट एसोसियसनको टिमसँग खेल्दै छ ।फ्रेन्डसिप कपको लिग चरणको अन्तिम खेलमा आज नेपाली समय अनुसार २: ४५ बजेदेखि यो खेल शुरु हुदै छ ।


यस फ्रेन्डसिप कपमा नेपालले यसअघि शुरुका तिनै खेल जितेर फाइनलमा पुगिसकेको छ भने गुजरात क्रिकेट एसोसियसनको टिमले बरोडालाई दुवै खेलमा पराजित गर्दै फाइनलमा पुगेको छ ।

बरोडाले आफ्ना यसअघिका तिनै खेलमा हार बेहोरेर बाहिरिएको छ । त्यसैले यस खेलको नतिजाले कुनै फरक नपार्ने भएको छ । नेपाल र गुजरात क्रिकेट एसोसियसनको टिमबीचको फाइनल खेल आइतबार हुदै छ ।