FLASH NEWS

गण्डकीमा दुई मन्त्रीसहित शपथ लिदै मुख्यमन्त्री अधिकारी


नेपाल आवाज २५ चैत्र २०८०, आईतवार १५:१७ मा प्रकाशित ६२५ पाठक संख्या

काठमाडौँ । गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज अधिकारीले आजै शपथ लिने तयारी गरेका छन् ।


दिउँसो साढे ३ बजे शपथको तयारी गरेका मुख्यमन्त्री अधिकारीसहित दुई मन्त्रीले पनि शपथ लिने भएका छन् ।अधिकारीले नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता हरिबहादुर चुमान र दीपक मनाङेलाई मन्त्री नियुक्त गर्न लागेका हुन् ।

एमाले संसदीय दल नेता अधिकारीलाई प्रदेश प्रमुख डिल्लीराज भट्टले आइतबार दिउँसो मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । अधिकारीलाई नेपालको संविधानको धारा १६८ (२) अनुसार मुख्यमन्त्री नियुक्त गरिएको हो ।