FLASH NEWS

आईजीपी कुँवरको प्रहरी अधिकृतहरूलाई निर्देशन – संगठनको नीति अनुसार काम गर्नुस्


नेपाल आवाज २५ चैत्र २०८०, आईतवार २१:१६ मा प्रकाशित ५८९ पाठक संख्या

काठमाडौं –  प्रहरी महानिरीक्षक (आईजीपी) बसन्त बहादुर कुँवरले संगठनको नीति अनुसार काम गर्न प्रहरी अधिकृतहरूलाई निर्देशन दिएका छन् ।


हालै सरुवा भई आफ्नो कार्यक्षेत्रमा खटिन लागेका एसपी तथा डीएसपीहरूलाई आईजीपी कुँवरले यस्तो निर्देशन दिएका हुन् ।

आईजीपी कुँवरले नयाँ परिवेश बमोजिम प्रहरी संगठनले लिएको नीति अनुसार प्रहरी अधिकृतहरूले फिल्डमा काम गर्नुपर्ने बताए।

आईजीपी कुँवरले व्यक्तिगत स्वार्थ भन्दा पनि संगठनको स्वार्थलाई माथि राखेर नागरिकको विश्‍वास जित्ने गरी कार्य सम्पादन गर्नुपर्ने बताए ।

आईजीपी कुँवरले भने,‘आआफ्नो कार्यक्षेत्रमा नतिजा आउने गरी जिम्मेवारी पूरा गर्न थप सक्रिय भएर लाग्नुस् । नयाँ क्षेत्रमा खटिएपछि त्यहाँको अवस्था, समस्या एवम् चुनौतिको विश्‍लेषण गरी सोही अनुरूप सरोकारवाला निकायहरूसँग समन्वय तथा सहकार्य गरी अगाडि बढेर काम गर्नुस्।’

आईजीपी कुँवरले राजश्‍व चुहावट नियन्त्रण तथा तस्करी नियन्त्रणलाई प्राथमिकतामा राखेर काम गर्न निर्देशन दिँदै लागूऔषध नियन्त्रण तथा रोकथाम, गुण्डागर्दी, जघन्य अपराधको साथै विभिन्न आपराधिक क्रियाकलापमा संलग्नलाई कडाईका साथ कानूनी दायरामा ल्याउन मातहत प्रहरी कर्मचारी तथा कार्यालयहरूलाई समेत क्रियाशील बनाउन सक्रिय हुनुपर्नेमा जोड दिए ।