FLASH NEWS

बलम्बुस्थित सशस्त्र प्रहरी बलको केन्द्रीय स्टोरमा आगलागी


नेपाल आवाज २६ चैत्र २०८०, सोमबार २०:३९ मा प्रकाशित ५९५ पाठक संख्या

काठमाडौं – काठमाडौंको बलम्बुस्थित सशस्त्र प्रहरी बलको केन्द्रीय स्टोरमा आगलागी भएको छ। सोमबार अपराह्न देखी बलम्बुमा रहेको सशस्त्र प्रहरीको केन्द्रीय स्टोरमा आगलागी भएको हो ।


त्यहाँ आवश्यक बन्दोबस्तीका सामग्रीहरू राखिएका छन्। हलचोकमा पुग्ने ठाउँ नभएकाले सामानहरू त्यहाँ राख्ने गरिएको थियो।

आगो अझै नियन्त्रणमा आएको छैन । १० वटा दमकल र ट्यांकरको सहायताले आगो निभाउने प्रयास भइरहेको सशस्त्र प्रहरी बलका सहप्रवक्ता शैलेन्द्र थापाले बताए ।

आगलागी भएपछि उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने घटनास्थलमा पुगेका छन् ।  घटनास्थलमा पुगेर लामिछानेले आगलागी र त्यहाँ राखिएका सामानबारे जानकारी लिएका छन् ।

एपिएफ अस्पतालसँगै रहेको बहुउद्देश्यीय भवनमा विद्युत् चुहावट भएर आगलागी भएको आकलन गरिएको छ । क्षतिको यकिन विवरण आएको छैन ।

घटनाको छानबिन गर्न एआईजीको नेतृत्वमा छानबिन समिति गठन गरिएको छ । कार्य विभागका प्रमुख एआईजी बंशिराज दाहालको नेतृत्वमा छानबिन समिति गठन गरिएको छ ।