FLASH NEWS

३० दिनको रोजा सकियो, आज ईद मनाईदै


नेपाल आवाज २९ चैत्र २०८०, बिहीबार ०९:०७ मा प्रकाशित ८७७ पाठक संख्या

भैरहवा । मुस्लिम धर्मावल्मीहरुले ३० दिनको (रमजान)रोजा सकेर आज ईद मनाउदै छन । बुधबार सूर्यास्तपछि सव्वाल महिनाको चन्द्रमा देखिए पछि रोजा सकिएर आज ईद ुलफित्र अर्थात ईद  मनाईद ैछ ।


पवित्र ग्रन्थ कुरआन अवतरण भएको महिना रमजान (रोजा) मुस्लिम समूदायको पवित्र महिना पनि हो । ईद भैरहवा सहित देश विदेशभरि धुमधामका साथ मनाइँदैछ , खाडी मुलुकमा भने बुधबार नै ईद मनाइएको छ । आत्मसंयम र शुद्धिका लागि एक महिनासम्म रमजानको रोजा (व्रत) सकिएको भोलिपल्ट अर्थात आज कै दिन ईद मनाइने गरिन्छ । रमजान उर्दु क्यालेन्डरको नवौं महिना हो ।

यस क्षेत्रका मुस्लिमहरु स्थानीय गल्लामण्डीको ईदगाह  र बसडीलियामा रहेको ईद गाहमा विहान ९ बजे जम्मा भएर समुहिक नमाज पढी मनाउदै छन । भने रुपन्देही सहित विभिन्न स्थानमा रहेको ईद गाहमा ईद को नमाज पढिदैछ । ईद गाह नमाज पढ्न बनाइएको विशेष खुल्ला ठाउँ हो, खूल्ला अकाशमुनि पढिने नमाज वर्षको दुई पटक मात्रै ईद गाहमा मुस्लिम समुदायले आज सामूहिक रुपमा २ रिकात नमाज पढ्दैछन । ईस्लाम धर्मको महान पर्व (ईदुल फित्र) ईद र (ईदुलअजहा) बकरईदको दिन मात्रै मुस्लिम समुदाय एकत्रित भई ईद गाहमा नमाज पढ्ने गर्छन ।

ईदको दिन बिहानै नुहाइधुवाइ गरी सुकिला, सफा कपडाका साथमा वासनादार अत्तर लगाई ईद गाह  वा मस्जिदमा जम्मा भई समूहमा नमाज पढिन्छ । प्रर्थनामा सम्पूर्णको स्वास्थ्य, शान्ति र अमनचयनको कामना गर्ने गरिन्छ ।  सो पश्चात एकआपसमा गला मिलाएर ईद  मुबारक भन्दै एकआपसमा शुभकामना साटासाट गर्ने नमाजपछि ईदको विशेष परिकार सेवईका साथै अन्य मिठाईका परिकारहरु र खानेकुरा खाएर शुभकामनासहित पाहुनाहरुलाई स्वागत गर्छन् ।

विपन्न, अशक्त, टुहुरा, असहाय आदिलाई दान दिएर खुशी पार्नु पर्ने यो चाडको प्रमुख विशेषता हो  । ईद को पूर्व सन्ध्यामा रमजानको महिनामा गरिने उपासनाबाट अन्य महिना भन्दा ७० गुणा बढी लाभ मिल्ने धार्मिक विश्वास छ ।
ईद उल–फित्रकै अवसरमा सरकारले विदा समेत दिएकोे छ । एक महिनासम्म चल्ने रमजानमा इस्लाम धर्मावलम्बीहरुले उपवास (व्रत) बस्नुपर्छ, जसलाई ‘रोजा’ भनिन्छ ।

रोजामा इस्लाम धर्मावलम्बीहरु बिहान सूर्य उदाएदेखि सुर्यास्त नहुँदासम्म प्रत्येक दिन एक महिनासम्म पानी समेत नखाइ ब्रत बस्ने गर्छन् । सूर्य उदाउनुभन्दा लगभग दुई घन्टा अगाडि केही खानेकुरा (सेहरि) खार्ई सुरु गरिएको (व्रत) रोजा सूर्यास्त भइसकेपछि अफतारी (व्रत तोडनु)गरी रोजा खोल्नुपर्छ । रोजाको समयमा मुसलमान निराहार यहाँसम्मकी जानेर थुक पनि निल्नु हुँदैन ।

रोजा जस्तो कठिन व्रत गर्ने व्रतालुले यस महिनालाई पवित्र महिनाका रुपमा लिएको पाइन्छ । रोजा अशक्त, बिरामी र बालबालिकाबाहेक सबैलाई अनिवार्य छ । तीस दिनको यो रमजान महिनालाई तीन भागमा बाँडिएको छ । पहिलो १० दिनको अवधिलाई बरक्कत (फलिफलाप), दोस्रो १० दिनको अवधिलाई रहमत (दया–माया) र अन्तिम १० दिनको अवधिलाई मगफिरत (अल्लाहबाट माफी) पाउने मुसलमानले यी तीन कुरा प्राप्त गर्न अल्लाहको आदेशलाई पालना गर्न रोजा बस्ने गर्छन् ।

झूटो नबोल्नु, शान्तिले बस्नु र गरिब तथा दीनदुःखीलाई दान र दया गर्नु यो पर्वको विशेषता हो । रमजान महिना गरिब, दिनदुःखी र असहायका लागि नराम्रो नहोस् भन्ने दृष्टिकोणबाट अल्लाहले इस्लाम धर्ममा यस महिनाका लागि विशेष व्यवस्था गरेका छन् ।

यस महिनामा प्रत्येक मुसलमानले जनही एक किलो ७५० ग्राम गहुँ वा सो बराबरको मूल्य फित्तरा निकाल्नुपर्छ भने वर्षभरिको आमदानी र सम्पत्तिबाट अढाइ प्रतिशत जकात (कर) निकाल्नुपर्छ, यस्तो फित्तरा र जकात गरिब, असहाय, दिनदुःखी मस्जिद वा मदरसामा दिनुपर्छ । फित्तरा र जकात ईद ुलफित्र अर्थात् ईद को नमाज पढ्नुभन्दा अगावै निकाली सक्नुपर्छ । यो नेपालमा मात्र नभई संसारभरिकै मुसलमानमा लागू हुन्छ । अल्लाहका लागि त्याग, समर्पण र बलिदानको भावना जागृत भएर आउने रमजान महिनामा मुसलमान आस्था र विश्वासलाई अझ दृढ बनाउन मद्दत गर्ने मान्यता रहेको छ ।

रोजाको अवधिमा शारीरिक रुपमा दुब्लाए पनि मानसिक रुपमा निकै गौरवान्वित ठान्ने मुस्लिमले  इस्लाम धर्मका पाँच आधारभूत सर्त कलमा, रोजा, नमाज, जकात र हजअन्तर्गत हजबाहेक सबै आधारभूत सर्तहरु पूरा गर्ने अवसर प्राप्त गर्छन् । इदको ७०औँ दिनमा बकरिद अर्थात ‘इदउलअजहा’ पर्व मनाउने गरिन्छ । जस्कोलागि मुस्लिमहरु ‘हज’ का लागि साउदी अरबको मक्का मदिना जाने पनि गर्छन ।