FLASH NEWS

हालसम्म कै उच्च सुनको मुल्य, प्रतितोला कति पुग्यो ?


नेपाल आवाज ३० चैत्र २०८०, शुक्रबार १२:१० मा प्रकाशित ६४३ पाठक संख्या

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ ।


नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहिबार प्रतितोला १ लाख ३६ हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज तोलामा २४ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ३९ हजार रुपैयाँमा कारोबार भईरहेको छ। यो मूल्य हालसम्मकै उच्च हो ।

त्यस्तै, आज तेजावी सुन पनि तोलामा २४ सय रुपैयाँले नै बढेर प्रतितोला १ लाख ३८ हजार ३५० रुपैयाँ पुगेको छ । त्यसैगरी, चाँदीको मूल्य ५० रुपैयाँले बढेर आज प्रतितोला १ हजार ७ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।