FLASH NEWS

राष्ट्रियसभाको रिक्त सदस्यमा एमालेकी अञ्जान शाक्यलाई सिफारिस


नेपाल आवाज ३० चैत्र २०८०, शुक्रबार १५:४१ मा प्रकाशित ६९१ पाठक संख्या

काठमाडौं । राष्ट्रियसभाको रिक्त एक सदस्यमा अञ्जान शाक्यलाई मनोनयनका लागि सिफारिस गरिएको छ ।


मन्त्रिपरिषद्‍को शुक्रबार बसेको बैठकले संखुवासभाकी शाक्यलाई राष्ट्रियसभा सदस्यमा मनोनयनका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेको हो ।

नेकपा एमालेको विदेश विभाग सचिवसमेत रहेकी शाक्य यसअघि इजरायलका लागि नेपाली राजदूत रहेकी थिइन् ।